पहिलो गीतबाटै सिड्नीका प्रनयले जिते मन

काठमाडौं- लामो समयदेखि सिड्नी, अस्ट्रेलियामा बसोबास गरिरहेका गायक प्रनय क्याडी श्रेष्ठले गाएको एउटा पप गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ ।
दुई साताअघि युट्युबमा अपलोड गरिएको गायक श्रेष्ठको स्वरको ‘एकान्तमा किन किन…’ शीर्षकको गीतको भिडियो यूट्युबमा अपलोड गरेको छोटो अवधिमै झन्डै एक लाख पटक हेरिएको छ । उक्त गीतमा गायक प्रनय क्याडी श्रेष्ठको स्वरका साथै शब्द तथा संगीत पनि उनकै छ ।
निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोमा नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का तथा अभिनेता आकाश श्रेष्ठले उत्कृष्ट अभिनय गरेका छन् । सङ्सनेपालको च्यानलबाट अपलोड गरिएको यो भिडियोमा निर्देशकले एउटा वियोगान्त कथा प्रस्तुत गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन बिकेश धमलाले गरेका हुन् ।
सन् २०११ देखि सिड्नीमा बसोबास गरिरहेका गायक श्रेष्ठ गायनमा सक्रिय हुने क्रममा छन् । पहिलो गीतबाटै गायक श्रेष्ठले सांगीतिक क्षेत्रमा राम्रो सम्भावना प्रस्तुत गरेका छन् । ललितपुरका स्थायी वासिन्दा प्रणय क्याडी श्रेष्ठले ‘एकान्तमा किन किन…’ गीतबाटै गायन यात्रा प्रारम्भ गरेका हुन् । पहिलो गीतबाट उत्साहजनक प्रतिक्रिया पाएका गायक श्रेष्ठले सांगीतिक क्षेत्रमा स्थापित हुने आशा समेत जनाएका छन् ।
यस्तो छ भिडियो :

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...