राजापुर पुग्यो एमालेको अभियान

-- ?>

वर्दिया–नेकपा एमालेको मेची–महाकाली अभियान आज बुधवार बर्दियाको राजापुर पुगेको छ । बर्दियाको गुलरियाबाट बिहान हिंडेको एमालेको केन्द्रीय टोली राजापुर पुगेपछि त्यहाँ सभा हुन लागेको हो ।

एमालेको अभियानलाई लक्षित गरी सत्तारुढ मधेसी मोर्चाले अभियान जहाँ पुग्यो त्यहाँ बन्दका कार्यक्रम आयोजना गर्दै आएको छ । सत्तारुढ मोर्चाले एमालेका सभा बिथोल्न बम आक्रमण समेत गर्दै आएको छ । अभियान बिथोल्न मंगलवार बर्दिया र कैलाली बन्दको आयोजना गरिएको थियो ।

बन्द र बम आक्रमणका बावजूद एमालेको सभामा हजारौंको सहभागिता छ । सभालाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायतका वक्ताहरुले सम्बोधन गरिरहेक छन् ।