दिलिप अर्यालको मौलिक लोक गीत सार्बजनिक (भिडियो सहित)

-- The NTA / प्रकाशित मिति : बुधबार, चैत्र २, २०७३
तन विदेशिए पनि मनले कैले गाउँ बेशी पाखा पखेरी बिर्सेको हुन्छ र, मन भरिका यिनै सम्झना बिर्सनाहरुलाई संगीतबद्द गर्दै लोक गायक पारखीहरु का लागि सांगेतिक कोशेली लिएर सिड्नीबासी गायक दिलिप अर्याल आहिले युट्युब भरि छाएका छन् । अस्ट्रेलियालाई कर्म थलो बनाएर बसेका सर्जकहरु बाट यस भन्दा अगाडी पनि धेरै र स्तरिय सिर्जनाहरु नआएका होइनन तर ति भन्दा भिन्न मौलिक लोक गीत र गाउँ-ठाउँको भाषालाई समेटर आएको यस “खैजडी मुजुरा” बोलको लोक गीतले विदेशमा रहेका लोकगीत प्रेमीहरु लाई एकै छिन् भए पनि गाउँ ठाउँको सम्झनामा डुबाउने कुरामा गायक दिलिप बिश्वस्त छन् । यस गीतमा दिलिप अर्याललाई अर्की लोकप्रिय गायिका देबी घर्ति मगरले साथ दिएकी छन्, मगर र अर्यालको गायन जोडी यस गीतमा निक्कै जमेको देखिन्छ ।
म्युजिक भिडियोको रुपमा सार्बजनिक भएको यस गीतका शब्दहरु ज्ञान राज कोइराला र लय शिब हमालको हो, त्यसैगरि बब्बु थापाको निर्देशनमा निर्मित यस म्युजिक भिडियोमा चर्चित मोडेलहरु बब्बु थापा, करिश्मा ढकाल र साथीहरुको जोडदार अभिनय देख्न पाइन्छ । आफ्नो यो पहिलो प्रयासलाई दर्शक-श्रोताले मन पराइदिने र केहि सल्लाहा सुझाब भए आफुलाई दिन गायक दिलिप अर्यालले द नेपाली टाईम्स अस्ट्रेलिया संगको कुराकानीमा बताए।