सिफारिस गरिएका राजदुत सर्वसम्मत अनुमोदन

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ देशका लागि सिफारिसमा परेका राजदूतहरुलाई सर्वसम्मत अनुमोदन गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अस्टे«लियाका लागि लक्की शेर्पा, म्यान्मारका लागी भीम उदास , बंगलादेशका लागी डा.चोपलाल भुसाल, श्रीलंकाका लागि प्राडा. विश्वम्भर प्याकुरेल, दक्षिण कोरियाका लागि अर्जुनजङ्गबहादुर सिंह, तथा कतारका लागि रमेशप्रसाद कोइरालाको नाम अनुमोदन भएको हो ।
यसैगरी डेनमार्कका लागि युवनाथ लम्साल, साउदी अरबका लागि प्राडा. महेन्द्रप्रसाद सिंह राजपुत, बहराइनका लागि पदम सुन्दास, जापानका लागि प्रतिभा राणा, इजरायलका लागि निरञ्जन थापा तथा ओमनका लागि शर्मिला पराजुली ढकालको नाम अनुमोदन भएको हो ।
मन्त्रिपरिषद्ले प्रारम्भमा १४ देशका लागि राजदूत सिफारिस गरे पनि विवादका कारण स्पेन र युएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता भएको थियो । दूतावास नै नभएको स्पेनमा भरत रायमाझी र युएईका लागि आशा लामाको नाम सिफारिस भएको थियो ।
१२ देशका लागि सिफारिस गरेकामध्ये तीन प्रस्तावित राजदूतमाथि चार उजुरी संसदीय सुनुवाइ समितिमा परेका थिए । उजुरी परेका राजदूतहरुमाथि सुनुवाइ सकेर समितिले उनीहरुको सिफारिस अनुमोदन गरेको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...