म्यादी प्रहरी छनोटकाक्रममा तीनजनाको मृत्यु

काठमाडौं— म्यादी प्रहरीमा छनोटका क्रममा देशका विभिन्न स्थानमा शनिबार तीनजनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो ।
बाँकेमा छनोटकाक्रममा २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको छ । दौड सकेर सेटअप गर्नेक्रममा उनी बेहोस भएर लडेको र तत्काल उपचारका लागि अस्पताल पुर्याउँदा मृत्यु भएको जनाइएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङमा दौडनेक्रममा विराटनगर–१६ का २७ वर्षीय तुलसी राजवंशीको मृत्यु भएको शो । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक रमेश भट्टराईले म्यादी प्रहरीमा भर्ना हुन आएका राजवंशी दौडनेक्रममा घाइते भएको र उपचारका लागि कोसी अञ्चल अस्पतालमा पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय खोटाङमा पनि दौडनेक्रममा सप्तेश्वर–६ का २४ वर्षीय किशोर निरौलाको मृत्यु भएको छ । दौडँदा एक्कासि बेहोस भएका उनको उपचारका लागि लैजानेक्रममा मृत्यु भएको जनाइएको छ ।
म्यादी प्रहरीका निवेदकलाई छनोटका लागि शनिबार पहिलो दिन एक किलोमिटर दौडाइएको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...