म्यादी प्रहरी छनोटकाक्रममा तीनजनाको मृत्यु

काठमाडौं— म्यादी प्रहरीमा छनोटका क्रममा देशका विभिन्न स्थानमा शनिबार तीनजनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो ।
बाँकेमा छनोटकाक्रममा २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको छ । दौड सकेर सेटअप गर्नेक्रममा उनी बेहोस भएर लडेको र तत्काल उपचारका लागि अस्पताल पुर्याउँदा मृत्यु भएको जनाइएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङमा दौडनेक्रममा विराटनगर–१६ का २७ वर्षीय तुलसी राजवंशीको मृत्यु भएको शो । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक रमेश भट्टराईले म्यादी प्रहरीमा भर्ना हुन आएका राजवंशी दौडनेक्रममा घाइते भएको र उपचारका लागि कोसी अञ्चल अस्पतालमा पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय खोटाङमा पनि दौडनेक्रममा सप्तेश्वर–६ का २४ वर्षीय किशोर निरौलाको मृत्यु भएको छ । दौडँदा एक्कासि बेहोस भएका उनको उपचारका लागि लैजानेक्रममा मृत्यु भएको जनाइएको छ ।
म्यादी प्रहरीका निवेदकलाई छनोटका लागि शनिबार पहिलो दिन एक किलोमिटर दौडाइएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...