वैशाख १ देखि काठमाडौंमा हर्न बजाउन प्रतिवन्ध

काठमाडौं- ट्राफिक प्रहरीले आगामी वैशाख १ गतेदेखि जथाभावी हर्न बजाउनेहरुलाई कारबाही गर्ने भएको छ ।
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंले जथाभावी हर्न बजाउनेलाई कारबाही गर्ने निर्णय गरेका हुन् ।
जथाभावी हर्न बजाउँदा ध्वनी प्रदूषण अत्याधिक बढेको नियामक निकायको निश्कर्षपछि पहिलो चरणमा काठमाडौंका सडकमा हर्न बजाउन रोक लगाउन लागिएको हो ।
उपत्यका ट्राफिक प्रहरीकाअनुसार सडकमा गुड्ने यातायातका साधनले अब विशेष अवस्थाबाहेक हर्न बजाए जरिवाना तिर्नुपर्नेछ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ कोे दफा १६४ अनुसार २०७४ वैशाख १ गतेदेखि लागू हुने यो नियमको उल्लंघन गरेमा पहिलोपटकमा पाँच सय, दोस्रोपटकमा एक हजार र तेस्रोपटकमा एक हजार पाँच सय रुपैयाँ जरिवाना हुनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...