तीन पार्टी मिलेपछि बन्यो नेपाल लोकतान्त्रिक फोरम

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं- विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक), शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी तथा यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीबीच एकीकरण भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच तीन पार्टीको एकता घोषणा गरिएको हो । एकीकरणपछि पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राखिएको छ। एकीकरणसँगै यो पार्टी संसदको पाँचौ ठूलो दल बनेको छ। फोरम लोकतान्त्रिकका १४, जनमुक्ति पार्टीका २ र दलित जनजाति पार्टी १ जनासहित यो पार्टीका १७ सांसद पुगेका छन् ।