सियाटलमा नेपाली वाणिज्य दुताबास स्थापना, राजदुतद्धारा उद्घाटन हुने

अमेरिकाको वासिंटन स्टेटको सियाटलका लागि नेपाल सरकारद्धारा अवैतनिक वाणिज्य दुतमा नियूक्त एसी शेर्पाले यहि अप्रिल २९ तारिकबाट औपचारिक रुपमा अफिस स्थापना गर्नु हुने बताएका छन । अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले सो दिन कार्यालय स्थापनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको वाणिज्य दुत शेर्पाले बताए । वाणिज्य दुतावास उद्घाटन कार्यक्रममा सियाटलस्थित सिटी अफ रेडमण्डका मेयर जोन मार्क क्वाईन, र सिटी अफ बेथलका मेयर एण्डी रेयुमीसहित एनआरएनका अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक सोनाम लामा, अमेरिका एनआरएनका अध्यक्ष डा केशव पौडेललगायत विशिष्ठ अतिथिहरुको उपस्थिति हुने अवैतनिक वाणिज्य दुत एसी शेर्पाले बताएका छन । नेपाल सरकारले अमेरिकामा रहेर सामाजिक काम, पर्यटन प्रर्वद्धन एवं व्यवसायमा संलग्न शेर्पालाई चार बर्षका लागि वाणिज्य दुतमा नियूक्त गरेको हो ।
शेर्पा समुदायबाट पहिलो पटक वाणिज्य दुत हुन सफल शेर्पा दुई दशकभन्दा बढीे समयदेखि अमेरिका बस्दै आएका हुन । उनले समाज सेवामा निकै समय खर्चेका छन । गैरआवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रिय उपसंयोजक समेत रहेका शेर्पाले आगामी गैरआवासिय नेपाली संघको अमेरिकाज् क्षेत्रबाट क्षेत्रिय संयोजकमा उम्मेदवारी दिने बताएका छन । उनले भने आफुले निकै लामो समयदेखि यहि एनआरएनमार्फत समाज सेवाको काम गर्दै आएकोले आगामी कार्यकालमा म क्षेत्रिय संयोजकका हैसियतले अझै धेरै काम गर्न चाहान्छु । यस अघि अमेरिकामा ८ जान महावाणिज्य र वाणिज्य दूतहरु रहेकोमा अव ९ जना पुगेको छ । अमेरिकामा नेपालीहरुको संख्या बढेसँगै सरकारले पनि महावाणिज्य दुतहरुका लागि संख्या बढाएको हो ।
नेपाल सरकारले एसी शेर्पालाई अवैतनिक बाणिज्य दुत नियुक्त गरेपछि यसअघि पनि नेपाल र नेपालीका लागि सक्दो काम गर्दै आएको र अव जिम्मेबारी थपिएको भन्दैमुलुक र नेपालीका लागि जिम्मेबारी थपिएको बताए । गैरआवासिय नेपाली संघ उत्तरअमेरिका क्षेत्रका सहसंयोजक समेत रहेका शेर्पाले आगमाी दिनमा नेपाललाई अमेरिकामा चिनाउने र नेपालीका लागि आवश्यक सहयोग गर्ने थप दायित्व थपिएको बताए । शेर्पालाई उक्त क्षेत्रका नेपाल र नेपाली समुदायको ब्यापार, ब्यबसाय, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा कानुनी अन्य र आबश्यक सहयोग र साथ दिने गरि जिम्मेवारी तोकिएको छ ।
सो कार्यक्रममा सियाटलमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहनेछन । कार्यक्रममा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ । सांस्कृतिक कार्यक्रममा सिंगर आंडगेलु शेर्पा र डिजे तेन्जीडको विशेष प्रस्तुति रहनेछन ।
शेर्पा लगभग दुई दशकभन्दा बढी समयदेखि अमेरिका बस्दै आउनु भएको छ । अमेरिका र क्यानाडा दुवै देशमा आफ्नो ब्यापार, ब्यबसाय गरेका शेर्पाले नेपालको सोलुखुम्बु, सिन्धुपाल्चोकलगायत जिल्लामा शिक्षा, स्वाथ्य र स्थानीय सामाजिक काममा सहयोग गर्दै आएका छन । नेपालको पुर्बी जिल्ला सोलुखुम्बुमा जन्मेर सानै उमेरदेखि अमेरिका रहनु भएका शेर्पाले बिश्वको उच्च शिखर सगरमाथा लगायत बिश्वका सात उच्च शिखर (सेभेन समिट) आरोहण गरिसक्नु भएको छ । वाणिज्य दुत शेर्पा सेभेन समिट फाउण्डेसनका अध्यक्ष पनि हुन । शेर्पा हिमाल आरोहणसम्बन्धि ७० देशका लागि प्रशिक्षक समेत रहेका छन ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



