काठमाडौँमा युवा सार्क सम्मेलन हुँदै

सार्क सम्मेलन समय–समयमा हुन नसकिरहेको अवस्थामा युथ पार्लियामेन्ट नेपालले काठमाडौँमा यहि बैशाख ११ र १२ गते युवा सार्क सम्मेलन आयोजना गर्दैछ ।
नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिएको उक्त सम्मेलनमा सार्क राष्ट्रका चार–चार जना युवाको सहभागिता रहनेछ भने नौ वटा निरिक्षक देश र अन्य मित्र राष्ट्रहरूको समेत सहभागिता रहनेछ ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा उदाउँदो दक्षिण एशियाली मुद्दा, जलवायु परिवर्तन, दिर्घकालीन विकास लक्ष्य, सु–शासन, दक्षिण एशियामा अन्तर्राष्ट्रिय सम्बन्धको पुनःपरिभाषा, युवा उद्यामशिलता र दक्षिण एशियाको नयाँ आर्थिक युग बारे छलफल हुनेछ ।
राष्ट्रिय सभा गृहमा उद्घाटन हुने उक्त सम्मेलनमा दक्षिण एशियाका राजदूतहरू र नेपालका महत्वपूर्ण व्यक्तिहरूको समेत सहभागिता रहनेछ ।
सार्क सम्मेलन समयमानै गर्न नैतिक दवाब सृजना गर्नु, दक्षिण एशियाका साझा मुद्दामा साझा धारणा निर्माण गर्नु र दक्षिण एशियाली युवाहरूलाई सञ्जालिकरण गर्नु यस सम्मेलनको उद्देश्य रहेको युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल बताउछन् ।
अष्ट्रेलीयामा रहेका उक्त कार्यक्रमका टिप्पणीकार विनोद पौडेल भन्छन्– “यो कार्यक्रम दक्षिण एशियाली युवा सम्बन्धको नयाँ आयाम हो, विचार साट्ने साझा थलो हो र दक्षिण एशियाको अन्तर्राष्ट्रिय सम्बन्धलाई यसले समय सापेक्ष पुनः परिभाषित गर्छ ।”
राष्ट्रिय युवा परिषद्, सहकार्य नेपाल, युवा अभियान नेपाल, युवा वकालत नेपाल, युवा गैर सरकारी संस्था राष्ट्रिय महासंघ नेपाल, लगायत महत्वपूर्ण संस्थाहरूको संयोजन तथा व्यवस्थापनमा हुने यस सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...