मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने

काठमाडौं— मधेशी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको छ । नयाँ दलको नाम राष्ट्रिय जनता पार्टी राख्ने नेताहरुबीच सहमति भएको छ । सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी तथा मधेशी जनाधिकार फोरम गणतान्त्रिकबीच आज ७ वैशाख दिउँसो दुई बजे एकताको घोषणा हुने भएको सदभावना पार्टीका सचिव उपेन्द्र महतोले जानकारी दिएका छन् ।
महतोका अनुसार नयाँ दलको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राख्ने सहमति भएको छ भने चुनाव चिन्ह छाता रहने छ । पार्टीको नेतृत्व अध्यक्ष मण्डलले गर्नेछ । जसमा पाँचवटै दलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजकिशोर यादव, शरत्सिंह भण्डारी रहनेछन् ।
नयाँ पार्टीमा अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीलाई समेट्ने प्रयास भइरहेको पनि महतोले बताए । हिजो राति अवेरसम्म ललितपुरमा बसेको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । पार्टी एकताको घोषणा आज दुई बजे कालिकास्थानस्थित एक पार्टी प्यालेसमा गरिने पनि उपेन्द्र महतोले जानकारी दिएका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...