प्रशिक्षणमा मिस इण्डिजिनियस हेरिटेज नेपालका प्रतियोगी

काठमाडौं— ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१६’ बन्न यतिखेर विभिन्न आदिवासी जनजाती समुदायका ५२ जना युवती प्रशिक्षणमा व्यस्त छन् । प्रशिक्षणका क्रममा प्रतियोगीले आदिवासी जनजातीका कला, संस्कृति र रहन–सहनबारे ज्ञान लिनका साथै विभिन्न आत्मविकाससम्बन्धी ज्ञान लिइरहेका छन् । उनीहरुलाई आदिवासीसम्बन्धीत विज्ञहरुले प्रशिक्षण दिँदै आएका छन् ।
प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्ट प्रालिद्वारा पहिलोपटक आयोजना हुन गइरहेको यस कल्चरल सौन्दर्य प्रतियोगितामा शीर्ष विजेताले आनन्द ज्वलर्सबाट निर्मित मयुर अंकित चाँदीको ताज प्राप्त गर्ने छिन् । करिव तीन सातायता प्रशिक्षणरत प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले क्याटवाक, व्यक्तित्वविकास, आत्मविकास अभिबृद्धिलगायतमा प्रशिक्षण दिंदै आएका छन् ।
प्रतियोगीहरुलाई आदिवासी उत्थान राष्ट्रिय प्रतिष्ठानका सुचना प्रमुख राम मादेनले आदिवासीबारे बृहत्त जानकारी गराउँदै आएका छन् । रोहिया महर्जनको डान्स कोरियोग्राफीमा सम्पन्न हुने ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१६’ को प्रतिभा प्रदर्शनी तथा प्रि–जर्जिङ राउण्ड चैत ६ गते हुने आयोजक संस्थाका अध्यक्ष फुपु तेन्जिङ शेर्पाले बताएका छन् । शेर्पाका अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा चैत १३ गते कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...