निजी विद्यालयलाई शुल्क घटाउन मन्त्रालय र संगठनबीच सहमति

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– निजी विद्यालयमा बढाएको शुल्क घटाउन माग गर्दै आन्दोलनरत विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच आज शुक्रवार सहमति भएको छ ।
सहमति अनुसार निजी विद्यालयले शिक्षा नियमावली तथा निर्देशिका विपरित बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्न तत्काल निर्देशन दिन शिक्षा मन्त्रालय तयार भएको छ ।
शिक्षा मन्त्रालय दिएको निर्देशन कार्यान्वयन नगर्ने विद्यालयको शिक्षा ऐन तथा नियमावली अनुसार दर्ता खारेजीसम्मको कारवाही गर्ने सहमति भएको छ ।
यसका साथै विद्यार्थी संगठनहरु आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । शिक्षा मन्त्रालयलाई सुझाव दिन सम्वाद समिति समेत गठन गर्ने सहमति भएको छ ।
शिक्षामन्त्री धनिराम पौडेल र विद्यार्थी संगठनका नेताहरुबीच वार्ता भएको थियो ।
निजी विद्यालयले मापदण्ड विपरित शुल्क बृद्धि गरेको जनाउदै विद्यार्थी संगठनले नीजि विद्यालय, शिक्षा मन्त्रालय तथा शिक्षा विभागमा तालाबन्दी गरेका थिए ।