निर्वाचन आयोगको एप र टोल फ्री नम्बर सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि टोल फ्री नम्बर र निर्वाचन एप सार्वजनिक गरेको छ । स्थानीय निर्वाचनका हरेक क्रियाकलापका बिषयमा सर्वसाधारणलाई जानकारी दिन आयोगले पहिलो पटक निर्वाचन सम्बन्धी एप र टोल फ्री नम्बर सार्वजनिक गरेको हो ।
कान्तिपथस्थित आयोग कार्यालयमा एक समारोहकाबीच प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एप र नम्बर सार्वजनिक गर्नुभएको हो । निर्वाचन सम्बन्धि कुनै पनि जानकारीका लागि सर्वसाधारणले नेपाल टेलिकमको नम्बरबाट १६–६०–०१ ४४–२२२ मा फोन गर्न सक्ने आयोगले जनाएको छ । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सर्वसाधारणको प्रश्न र जिज्ञासाको बारेमा जानकारी दिन आयोगले उपसचिवको संयोजकत्वमा ६ सदस्यीय टोली परिचान गरेको छ ।
त्यस्तै निर्वाचनका सम्पूर्ण जानकारी समेटिएको एप पनि आयोगले आजै सार्वजनिक गरेको छ । एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरमा गएर ECNAPP टाईप गरि उक्त एप डाउनलोड गरेर निर्वाचन सम्बन्धि जानकारी लिन सक्नेछन् । एपमा मतदातादेखि उम्मेद्वारको नामावलीका साथै मतपरिणाम समेत हेर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...