निर्वाचन आयोगको एप र टोल फ्री नम्बर सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि टोल फ्री नम्बर र निर्वाचन एप सार्वजनिक गरेको छ । स्थानीय निर्वाचनका हरेक क्रियाकलापका बिषयमा सर्वसाधारणलाई जानकारी दिन आयोगले पहिलो पटक निर्वाचन सम्बन्धी एप र टोल फ्री नम्बर सार्वजनिक गरेको हो ।
कान्तिपथस्थित आयोग कार्यालयमा एक समारोहकाबीच प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एप र नम्बर सार्वजनिक गर्नुभएको हो । निर्वाचन सम्बन्धि कुनै पनि जानकारीका लागि सर्वसाधारणले नेपाल टेलिकमको नम्बरबाट १६–६०–०१ ४४–२२२ मा फोन गर्न सक्ने आयोगले जनाएको छ । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सर्वसाधारणको प्रश्न र जिज्ञासाको बारेमा जानकारी दिन आयोगले उपसचिवको संयोजकत्वमा ६ सदस्यीय टोली परिचान गरेको छ ।
त्यस्तै निर्वाचनका सम्पूर्ण जानकारी समेटिएको एप पनि आयोगले आजै सार्वजनिक गरेको छ । एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरमा गएर ECNAPP टाईप गरि उक्त एप डाउनलोड गरेर निर्वाचन सम्बन्धि जानकारी लिन सक्नेछन् । एपमा मतदातादेखि उम्मेद्वारको नामावलीका साथै मतपरिणाम समेत हेर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...