पोखरामा भोलिदेखि मिनि सार्क
काठमाडौं— पोखरामा भोलि सोमबारदेखि प्रारम्भ हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को परराष्ट्र मन्त्रीस्तरीय बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । चार दिनसम्म चल्ने बैठकका लागि पाहुनाको स्वागत, सत्कारसहितका सम्पूर्ण तयारी पुरा भएको बैठक तयारी मुल व्यवस्थापन समितिका संयोजक तथा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
बैठकका लागि सडक सरसफाई, वृक्षारोपण, रंगरोगन, होर्डिङ्ग बोर्ड हटाउने, सडक व्यवस्थित गराउन ट्राफिक व्यवस्थापन मिलाउने कार्य सम्पन्न भैसकेको छ । यसका साथै स्थानिय प्रशासनले शान्ति–सुरक्षाको तयारी समेत पुरा गरिसकेको छ ।
बैठकका लागि आज आइतबारदेखि नै पाहुनाहरु पोखरा पुग्न थालेका छन् । पोखराको पहिचानसंग समेत जोडेर हेरिएको बैठकलाई व्यवस्थित गर्न मुल व्यवस्थापन सहयोग समितिसंगै विभिन्न उपसमितिहरुले पनि आ–आफ्नो तयारी गरिसकेका छन् ।
बैठककै लागि पोखरा उपमहानगरपालिका र सडक विभागले आफ्नो कार्यक्षेत्रभित्रका सबै सडकका खाल्डाखुल्डी पुर्नेदेखि सडक मर्मतको काम गरेको नगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताएका छन् । पोखराको पृथ्वीचोकदेखि सिर्जनाचोक, राष्ट्रबैंक चोक, होटल ग्रान्ड, होटल साङ्ग्रिला, होटल फिस्टेल लगायतका ठाउँमा विभिन्न १७ वटा स्वागतद्वार निर्माण गरिएको छ ।
सार्कको परराष्ट्रमन्त्री स्तरीय ३७ औं बैठकमा नेपालसंगै भारत, बंगलादेश, भुटान, श्रीलंका, मालदिप्स, पाकिस्तान र अफगानिस्तानबाट सहभागीहरु आउनेछन् । सार्क विदेशमन्त्री स्तरीय बैठकअघि चैत १ र २ गते सार्क सहसचिवस्तरीय प्रोग्रामिङ कमिटीको बैठक हुनेछ । त्यस्तै ३ गते सार्क विदेश सचिवस्तरीय स्थायी समितिको बैठक हुनेछ । दुबै बैठकले विदेशमन्त्रीस्तरीय बैठकका एजेन्डा तय गर्नेछन् । बैठकको चौथो दिन मार्च १७ मा सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक हुनेछ । स्थायी समितिको बैठकका लागि मार्च १४ र १५ मा सार्क स्थायी समितिका सदस्य पोखरा आइसक्ने र परराष्ट्र मन्त्रीहरूको बैठकका लागि सदस्य राष्ट्रका परराष्ट्र मन्त्री मार्च १६ मा पोखरा आउने तालिका तय भएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...