पराजुली भए कार्यवाहक प्रधानन्यायाधीश

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– प्रधानन्यायाधीश सुशीला कार्की निलम्बित भएपछि गोपाल पराजुली कार्यवाहक प्रधानन्यायाधीश भएका छन् । सर्वोच्च अदालतमा बहाल न्यायाधीशहरुमध्ये वरिष्ठताका आधारमा उनी कार्यवाहक न्यायाधीश नियुक्त भएका हुन् । उनले आजै, १७ वैशाखमा पदबहाली गरेका छन् ।
पदबहालीपछि पराजुलीले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै उनले आफूले संविधानले दिएको जिम्मेवारी वहन गरेको र निष्पक्ष न्याय सम्पादन गर्ने प्रतिक्रिया दिएका थिए ।