गृहमन्त्री निधीको राजीनामा

काठमाडौं- गृहमन्त्री विमलेन्द्र निधीले पदबाट राजीनामा दिनुभएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीमाथी महाअभियोग प्रस्ताव लगाउने कंग्रेस र माओबादीको प्रस्तावमा असन्तुष्टि जनाउँदै गृहमन्त्री निधीले पदबाट राजीनामा दिनुभएको हो ।
गृहमन्त्री निधीले आईजीपी प्रकरण गृहमन्त्रालसँग जोडिएको र सोही प्रकरणमा कार्कीलाई महाअभियोग प्रस्ताव गरिएको भन्दै असन्तुष्ट निधीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘न्यायपालिकाले आफ्नो निर्णय गर्न पाउनुपर्छ, सरकारले पनि, तर प्रधानन्यायाधीशमाथी महाअभियोग प्रस्ताव गर्ने निर्णयमा मेरो गम्भिर असहमति छ ।’
महाअभियोग लगाउने प्रस्तावमा आफुसँग कुनै सल्लाह नगरिएको निधीको भनाई छ । आफुले पदबाट राजीनामा दिएपनि स्थानीय निर्वाचन निर्धारित मितिमै हुने उहाँले बताउनुभयो । नवराज सिलवाललाई प्रहरी आईजीपी नियुक्ती गर्ने आफ्नो तयारीमा पार्टी सभापति शेरबहादुर देउवासँग मत बाँझिएपछि निधीले लगत्तै राजीनामा दिने तयारी गर्नुभएको थियो । उपप्रधानमन्त्रीको वरियतामा समेत आफुलाई तल पारिएको भन्दै निधीले सभापति देउवासँग असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...