गृहमन्त्री निधीको राजीनामा

काठमाडौं- गृहमन्त्री विमलेन्द्र निधीले पदबाट राजीनामा दिनुभएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीमाथी महाअभियोग प्रस्ताव लगाउने कंग्रेस र माओबादीको प्रस्तावमा असन्तुष्टि जनाउँदै गृहमन्त्री निधीले पदबाट राजीनामा दिनुभएको हो ।
गृहमन्त्री निधीले आईजीपी प्रकरण गृहमन्त्रालसँग जोडिएको र सोही प्रकरणमा कार्कीलाई महाअभियोग प्रस्ताव गरिएको भन्दै असन्तुष्ट निधीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘न्यायपालिकाले आफ्नो निर्णय गर्न पाउनुपर्छ, सरकारले पनि, तर प्रधानन्यायाधीशमाथी महाअभियोग प्रस्ताव गर्ने निर्णयमा मेरो गम्भिर असहमति छ ।’
महाअभियोग लगाउने प्रस्तावमा आफुसँग कुनै सल्लाह नगरिएको निधीको भनाई छ । आफुले पदबाट राजीनामा दिएपनि स्थानीय निर्वाचन निर्धारित मितिमै हुने उहाँले बताउनुभयो । नवराज सिलवाललाई प्रहरी आईजीपी नियुक्ती गर्ने आफ्नो तयारीमा पार्टी सभापति शेरबहादुर देउवासँग मत बाँझिएपछि निधीले लगत्तै राजीनामा दिने तयारी गर्नुभएको थियो । उपप्रधानमन्त्रीको वरियतामा समेत आफुलाई तल पारिएको भन्दै निधीले सभापति देउवासँग असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...