उत्साहजनक रह्यो पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्ता

काठमाडौं– स्थानीय तहको निर्वाचनअन्तर्गत् पहिलो चरणमा निर्वाचन हुने जिल्लाका स्थानीय तहहरुमा मंगलबार मनोनयन दर्ता भएको छ । ३, ४ र ६ नम्बर प्रदेशअन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मंगलबार उम्मेदवारी दर्ता भएको हो । वैशाख ३१ गतेका लागि तय भएको निर्वाचनका लागि आयोगले मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको थियो ।
काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरपालिका तथा ९३ नगरपालिकासहित स्थानीय तहको उम्मेदवारी दर्ता शान्तिपूर्ण र व्यापक उत्साहजनकरुपमा सम्पन्न भएको हो । पहिलो चरणअन्तर्गत ३ नम्बर प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर र चितवन जिल्ला रहेका छन् ।
प्रदेश नम्बर–४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ जिल्ला पर्छन् ।
प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालिकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरुमा पनि उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन आयोगले पहिलो चरणमा ७ हजार मतदान केन्द्रबाट ५० लाख मतदाताले पहिलो चरणमा मतदान गर्ने जनाएको छ । दोस्रो चरणको निर्वाचन आगामी जेठ ३१ गतेका लागि तोकिएको छ, जसमा ४३ जिल्लाका ४ सय ६१ स्थानीय तहमा निर्वाचन हुनेछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...