अध्यक्षबाट हटाइए यादव

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई मधेसी मोर्चासहितको संघीय गठबन्धनको अध्यक्षबाट हटाइएको छ ।
गठबन्धनको बैठकले यादवमाथि संविधान संशोधन नभई स्थानीय तहको चुनावमा भाग लिएको भन्दै अध्यक्षबाट हटाएको हो ।
बैठकले उपेन्द्र यादवलाई गठबन्धनको अध्यक्षबाट हटाएर राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष बनाएको छ । बैठकले यादवलाई मधेस र मधेसी जनतालाई धोका दिएको र आत्मसमर्पणको कित्तामा गएकोलगायतका आरोप लगाएको छ ।