८६ वर्षीय नेपाली आरोहीको आधार शिविरमा निधन

काठमाडौं- सगरमाथा आरोहणका क्रममा मुस्ताङका ८६ वर्षीय आरोही मिनबहादुर शेरचनको निधन भएको छ । सगरमाथा आधार शिविरमा ५३६४ मिटरको उचाइँमा शनिवार अपराह्न ५ बजेर १४ मिनेटमा शेरचनको निधन भएको उनको आरोहणको व्यवस्था मिलाएको समिट ट्रेड नेपालका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । उनलाई हृदयघात भएको अनुमान गरिएको श्रेष्ठले बताए ।
उनको शव आज आइतवार हेलिकप्टरबाट लुक्ला लगेर त्यहाँबाट काठमाडौं लगिने बताइन्छ । यसअघि ७७ बर्षको छँदा सन् २००८ मा सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका शेरचनले दोस्रो पटक २०१३ मा पुनः आरोहणको प्रयास गरे पनि मौसमका कारण सफल भएन भने तेस्रो पटक २०१५ मा भूकम्प आएपछि उनी बेसक्याम्पबाटै फर्कनु परेको थियो । उनले सन् १९६० मा धौलागिरी हिमाल आरोहण गरिसकेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...