निर्वाचनपछि संशोधनमा सहमति गर्ने निर्णय

काठमाडौं— सत्ता साझेदार प्रमुख दुई दल, प्रमुख प्रतिपक्षी दल तथा राष्ट्रिय जनता पार्टी नेपालबीच आज मंगलबार भएको बेठकमा निर्वाचनपछि संविधान संशोधन गरी अगाडि बढ्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राजपा नेपालका शीर्ष नेता सहभागी बैठकमा व्यवस्थापिका–संसद्को आगामी बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने सहमति भएको नेताहरुले जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी ४ जेठमा बस्दैछ । उक्त बैठकमा सरकारले संविधान संशोधनको प्रस्ताव पुनः पेस गर्दैछ ।
बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधनका गर्नका लागि सदनमा आवश्यक दुई तिहाइ मत पुर्याउन प्रमुख प्रतिपक्षी दललगायत अन्य दलसित वार्ता गर्न र सहमति जुटाउन जिम्मेवारीसमेत प्रदान गरेको छ ।
दुई शीर्ष नेताले आजबाटै प्रमुख प्रतिपक्षी दलका नेता तथा अन्य दलका नेतासित छलफल थाल्ने माओवादी केन्द्रका नेता दीनानाथ शर्माले जानकारी दिएका छन् । उनका अनुसार दलहरुबीच संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ ।
बैठकमा ३१ बैशाख र ३१ जेठको स्थानीय तहको निर्वाचन सौहार्दपूर्ण ढंगले सम्पन्न गर्ने विषयमा पनि कुराकानी भएको थियो ।
बैठकमा नेता देउवा र प्रधानमन्त्री प्रचण्डले विशेषगरी प्रमुख प्रतिपक्षी दललाई संविधान संशोधन गर्नका लागि सहयोग गर्न र मधेश केन्द्रित दललाई निर्वाचनमा जुट्न आह्वान गरेको नेता शर्माले जानकारी दिए ।
बैठकमा सहभागी एमालेका उपाध्यक्ष वामदेव गौतमले बैठकमा संविधान संशोधनका विषयमा सौहार्दपूर्ण वातावरणमा विचार आदानप्रदान भएको जानकारी दिएका छन् । एमाले संविधान संशोधनको विरोधी नभएको बताउंदै नेता गौतमले सबैलाई सर्वस्वीकार्य हुने गरी संशोधन आउनुपर्छ । यसमा पार्टीले सहयोग गर्छ भन्ने धारणा व्यक्त गरे ।
राजपाका नेता राजेन्द्र महतोले तराई र मधेशमा समेत निर्वाचन गराउन सरकारले संविधान संशोधन गरेमा मात्र आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिन बाटो खुला हुने बताए । सत्तारुढ दलहरुका नेता संविधान संशोधन गर्छु–गर्छु भन्ने तर नभएको तथा अब पनि आफूहरुलाई झुक्याउने र फकाउने काम भयो भने जेठ ३१ को स्थानीय निर्वाचनमा भाग नलिने महतोको भनाइ थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...