कोसीटप्पु टेरा स्टुडियो एक करोड अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनौट

न्यूयोर्क, नेपालको वातावरणीय परिवर्तनको चुनौति र त्यसबाट जोगिने उपायका बारेमा नेपालको पुर्वी क्षेत्रमा विगत चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्ट(कोसीटप्पु कंचनजंगा वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) एक अन्तर्राष्ट्रिय प्रतियोगितामा एक करोड रुपिया पुरस्कारका लागि अन्तिम छनौटमा परेको छ । विश्वभर रहेका वातावरणीय परिवर्तन र त्यसले पर्ने असरका बारेमा काम गर्ने संसारभरका स्थानीय संघसस्थाहरु मध्ये ६० वटाको अन्तिम छनौटमा केटीके बेल्ट परेको संस्थाका कोडाईरेक्टर राजीव गोयलले बताए । द रोडम्याप नामक संस्थाले वातावरणीय क्षेत्रमा काम गर्दै आएको स्थानीय तहमा गरेको कामलाई प्रवर्दन एवं अन्तर्राष्ट्रियकरण गर्ने उदेश्यले यस प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
विश्वव्यापी रुपमा वातावरणीय परिवर्तनमा काम गर्ने संस्थाहरुलाई आव्हान गरिएको सो प्रतियोगितामा विश्वभरबाट अन्तिम ६० वटा संस्थाहरुले प्रतिस्पर्धामा प्रथम भएमा एक लाख अमेरिकी डलर अर्थात एक करोड नेपाली रुपिया जित्नेछ । संस्थाले गरेको नयाँ एवं प्रभावकारी कामलाई छानेकोमा खुसी व्यक्त गर्दै केटिके बेल्टको डाईरेक्टर गोयलले भने हाम्रो काम र च्यारिटीमा सबैले सहयोग गरेमा पहिलो हुनेमा ढुक्क भएको बताए । पुरस्कार जित्नका लागि संस्थाको बारेमा च्यारिटी आयोजना गर्ने र त्यसैका आधारमा जसले धेरै रकम उठाउँछ उठाएको रकममा एक लाख डलर थपेएर दिने नियम रहेको छ । जसका लागि शुक्रबारसम्म केटीके बेल्टका लागि ६७ हजार डलर रकम उठी सकेको गोयलले बताए । त्यहि कार्यक्रमलाई आधार मानेर मे १७ तारिकका दिन अमेरिकाको लंगआईल्याण्डमा बृहत च्यारिटी कार्यक्रम गर्ने तयारीका लागि गोयल अमेरिका आई पुगेका छन । उनले भने यो कार्यक्रमलाई भव्य बनाउन नेपाली समुदायलाई सो च्यारिटी सोमा सहभागी हुन अनुरोध गर्दै यस प्रतियोगितामा प्रथम भएको खण्डमा नेपालको निकै ठुलो नाम हुने र नेपालमा भैरहेको वातावरणीय परिवर्तनको लागि काम गर्ने तरिका अन्तर्राष्ट्रिकरण हुने बताए । सोही कार्यक्रमको लागि नेपालबाट आएको डिजे रन्जन झा, रोहितजंग क्षेत्रि र हेमन्त रानाले सांस्कृति कार्यक्रममा प्रस्तुति दिने कार्यक्रम रहेको छ । १५ तारिकमा हेमन्त रानाले बोष्टनमा र १७ तारिकमा झा र क्षेत्रिले लंडआईल्याण्डमा प्रस्तुति दिने कार्यक्रम रहेको न्यूयोर्क बसेर कार्यक्रमको संयोजन गरिरहेका गोयलले बताए ।
शिक्षा, जीवन यापन र संरक्षणलाई मुल मन्त्र मानेर काम गर्नका लागि स्थापित सो बेल्टको आधारबाट भर्टिकल यूनिभर्सिटी स्थापना गरी सुनसरीको यांसिलामा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । सुनसरीको यांसिलामा किसानहरुका लागि सिकाई थलो, युवाहरुका लागि वातावरण जोगाउने कुरा, चरा संरक्षण, ताल तलैया संरक्षणका लागि काम गर्दै आएको छ ।
गोयलका अनुसार पुरस्कार जितेमा नेपालका १० जना युवालाई फेलोसिप दिने, चुरेको साँख बचाउन , कोसी टप्पुमा चरा संरक्षरण केन्द्र, र धनकुटामा अधययन केन्द्र स्थापना गर्ने लगायत योजना रहेको बताए
संस्था अमेरिकमा दर्ता भई नेपालको समाज कल्याण परिषदमा दर्ता गरी अमेरिकी नागरिक राजिव गोयल र उनकी पत्नी प्रियन्का विष्टको पहलमा नेपालको सुनसरीको यंसिलामा नमुना रुपमा वातावरणीय परिवर्तन जोगिने उपायका बारेमा विगत चार बर्षदेखि जनचेतना जोगाउने काम गर्दै आएको राजिव गोयलले बताए ।
आयोजक संस्थाले संसारभर वातावरणीय क्षेत्रमा काम गर्दै आएको संस्थाले स्थानीय तहमा गरेको कामलाई प्रोत्साहित गर्नका लागि सो प्रतियोगिता आयोजना गरिएको छ । जसमा पुरस्कार पाउनका लागि सबैभन्दा बढी आर्थिक संकलन गर्न गर्नुपर्ने चुनौति रहेकोले पनि नेपालको नाम राख्नका लागि र वातारणीय परिवर्तनका लागि काम गर्नका लागि पनि सहयोग गर्न सबै नेपाली समुदाय र अन्य समुदायलाई अनुरोध गरेका छन । विशेष गरी १७ तारिकमा हुने च्यारिटी कार्यक्रम आशा अनरुप सफल भएमा पुरस्कार जित्ने हुनाले गोयलले नेपाली समुदायलाई कार्यक्रममा उपस्थिति हुन अनुरोध पनि गरेका छन ।
सहयोगका लागिः
https://www.crowdrise.com/ktk-belt-roadmap2017

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...