जारी छ मतगणना, प्रारम्भिक नतिजा सार्वजनिक हुने क्रम प्रारम्भ

काठमाडौं– पहिलो चरणको निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये आज बिहानसम्म ७९ स्थानीय तहको मतगणना कार्य शुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिकाहरू हेलिकोप्टरबाट आज बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने क्रम शुुरु भएको पनि आयोगले जनाएको छ ।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं.६ स्थित नन्दादेवी मावि मतदान केन्द्रका मतपेटिकाहरु ढुवानीको क्रममा आइतबार साँझ ६ बजेको समयमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले एक्कासी बमआक्रमण गरी मतपेटिका लुटेका छन् । त्यसक्रममा सुरक्षाकर्मीले गोली चलाउँदा राप्रपाबाट वडाध्यक्षका उम्मेदवार धनरुप बटालाको निधन भएको छ ।
घटनामा घाइते भएका उनलाई लिन गएको हेलिकप्टर वर्षा र आक्रमणकारी समूहको बम आक्रमणका अवतरण गर्न नसकेको र बटालाको निधन भएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले जानकारी दिएका छन् । घटनामा घाइते हुने तीनजना घाइतेहरूलाई आज हेलिकोप्टरबाट उद्धार गरिएको छ । उक्त घटनामा पाँचजना सुरक्षाकर्मीसमेत घाइते भएको जानकारी प्राप्त भएको छ ।
मतदान स्थगित भएका र सामग्री लुटी नोक्सान पारिएका मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरिने आयोगले जनाएको छ । काठमाडौं उपत्यकामा काठमाडौं महानगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना शुरु भएको छ । काठमाडौं महानगरपालिकामा सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी हुँदैछ । यसैगरी, भक्तपुर जिल्लाका स्थानीय तहको मतगणनाको तयारी हुँदैछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...