स्मार्टफोनमा जीपीएस

स्मार्टफोनको बढ्दो प्रयोगसंगै यतिबेला जीपीएस पनि चर्चामा छ । कुनै पनि नयाँ स्थानमा जानुपर्यो भने अहिले जीपीएस साथी बन्न थालेको छ । लोकेसन सर्भिसको सुविधा उपलब्ध गराउने एप्सका कारण पनि स्मार्टफोन प्रयोगकर्तालाई नयाँ ठाउँ पत्ता लगाउन सहज भैरहेको छ । त्यसैले पनि जीपीएस अहिले स्मार्टफोन प्रयोगकर्ताका लागि दैनिकी झैं बनेको छ । जीपीएस अर्थात ग्लोबल पोजिसनिङ सिस्टम, यसले कुनै पनि व्यक्तिको उपस्थितिका बारेमा बताउँछ । जीपीएस प्रविधिको विकास सबैभन्दा पहिले अमेरिकी सेनाले गरेको हो । यसलाई सन् १९९५ देखि सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी खुला गरियो । जीपीएसका लागि अन्तरिक्षमा २४ देखि ३२ वटा स्याटेलाइटको एक समूह तयार गरिएको छ, जसले पृथ्वीमा उपलब्ध जीपीएस रिसिभरसँग नेटवर्क स्थापित गर्छन् । ती स्याटेलाइटसँग सम्पर्क गर्न मोबाइल फोन वा जीपीएस डिभाइसमा रिसिभर राखिएको हुन्छ । रिसिभर र स्याटेलाइटको माध्यमबाट डाटा आदानप्रदान हुन्छ । पृथ्वीभन्दा करिब १२ हजार माइल माथि रहेका ती स्याटेलाइट करिब ७ हजार किलोमिटर प्रतिघण्टाको गतिमा घुमिरहेका हुन्छन् । ती स्याटेलाइटले एक दिनमा दुई पटक पृथ्वीको परिक्रमा गर्छन् ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...