यस्तो छ उड्ने कार

बढ्दो ट्राफिक जामलाई मध्यनजर गर्दै उड्ने कारको निर्माणमा धेरै कम्पनी लागि परे पनि पोर्चुगलको स्टार्ट अप कम्पनीले सफलताको दावा गर्दै निकट भविष्यमै यसको व्यवसायिक उत्पादन थाल्ने बताएको छ । कम्पनीले हालै उड्ने कारको परीक्षण गरेको थियो । हवाई तथा सडक यातायातलाई ध्यानमा राखेर निर्माण गरिएको यो कारले सडकमा गुड्दै भुइँ छाडेको थियो भने त्यसले आकाशबाट जमिनमा सफल अवतरणसमेत गरेको थियो । यो उड्ने कारमा पनि विमानहरूको जस्तै तीनवटा पाङ्ग्रा राखिएको छ भने उड्नका लागि हेलिकप्टरको ब्लेड प्रयोग गरिएको छ । कारका रूपमा काम गर्नुपदा उक्त ब्लेड फोल्डिङ हुन्छ । कार आकाशमा उड्दा उक्त ब्लेडले काम गर्छ भने सवारीको गति बढाउन प्रोपेलरले काम गर्छ । यसमा १ सय हर्ज पावरको दुईवटा इन्जिन छ । १ सय ७७ किलोमिटर प्रतिघन्टाको गतिमा उड्ने यो कार सडकमा भने १ सय ६१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्छ । यो कारलाई उडान भर्न १० मिनेट लाग्ने गरेको छ । यो कारमा पाइलटसहित दुई जना मात्र अट्न सक्छन् । यो कारलाई चलाउन पाइलटको लाइसेन्स लिनुपर्ने हुन्छ भने उडानको अनुभव न्यूनतम २५ घण्टा हुनुपर्छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...