काठमाडौं महानगरमा एमाले जीत नजिक

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उमेदवार विद्यासुन्दर शाक्य जीत नजिक पुगेका छन् । पछिल्लो मत गणना अनुसार शाक्यले हालसम्म ५१,०९१ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका राजुराज जोशी शाक्यभन्दा १२,२५५ मतले पछाडि छन् । उनले हालसम्म ३८,८३६ मत प्राप्त गरेका छन् ।

बिहीबार विहानसम्ममा महानगरको १ लाख ५१ हजार बढी मत गणना भइसकेको छ । अब २१ हजार मत गन्न बांकी छ ।

विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले १८,५६७, साझा पार्टीका किशोर थापाले १४,४५२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठले ४६,६१२ मत प्राप्त गरेकी छन् भने राप्रपाका राजाराम श्रेष्ठले २७,६४३ मत प्राप्त गरेका छन् ।

साझा पार्टीकी निरुपमा यादवले ९,१८६ र माओवादी केन्द्रकी सुशीला पौडेलले ७,७१४ मत प्राप्त गरेका छन् ।