आज गणतन्त्र दिवस
यस्तो छ शुभकामना

काठमाडौं– नेपालमा आज १० औं गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
राष्ट्रपतिले आफ्नो सन्देशमा सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने संसारकै लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभै जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन जरुरी रहेको उल्लेख गरेकी छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवसका अवसरमा शुभकामन सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।
प्रधानमन्त्रीले जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट प्राप्त समावेशी संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयनको एक खुट्किलोस्वरुप भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको र दोस्रो चरणको निर्वाचन पनि उल्लासमय रुपमा हुने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...