अष्ट्रेलियाबाट रिलिज भयो ‘माया’
यस कुमारले दिए मन छुने मायाको परिभाषा

काठमाडौं– अष्ट्रेलियाको नेपाली समुदायबीच एकदमै परिचित् अनि सक्रिय सुरेन्स फोटोग्राफी एण्ड टिम अर्थात स्टाट प्रो इन्टरटेन्मेन्टले ‘माया’ शीर्षकको सर्ट फिल्म तयार पारेको छ ।
युट्युबमार्फत प्रिमियर गरिएको उक्त फिल्मले मायाको परिभाषालाई चित्रण गरिएको छ । दुई अक्षरले बनेको शब्द मायाका विभिन्न परिभाषाहरु मध्येको एक अर्थातमा मायामा प्रतिक्षा पनि अनिवार्य हुन्छ भन्ने सन्देश बोकेको यो फिल्मको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् ।
करिव १० मिनेट लामो यो फिल्ममा तीन जना कलाकारले आकर्षक अभिनय गरेका छन् । स्याट प्रो ईन्टरटेन्मेन्टले यस पिपुल स्टडीसंग सहकार्य गर्दै यो फिल्म निर्माण गरेको हो ।
बिदेशी भुमीमा रहेर पनि ९ महिनामा सात वटा म्युजिक भिडियो तथा एउटा सर्ट फिल्म निर्माण गरिसकेको सुरेन्स फोटोग्राफी एण्ड टिमको यो दोश्रो सर्ट फिल्ममा निर्देशक सुरेन श्रेष्ठले नै मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्मको कथा, पटकथा तथा सम्बाद पनि निर्देशक श्रेष्ठले नै तयार पारेका हुन् । अभिनेता श्रेष्ठलाई निकिशा दाहाल तथा प्रेरणा थापाले अभिनयमा साथ दिएका छन् ।
सस्पेन्स शैलीबाट प्रारम्भ हुने यो फिल्मको कथा बिस्तारै रोमान्टिक बन्दै जान्छ । टेक बयलकोटीद्वारा सम्पादन तथा छायांकन गरिएको यो फिल्मको क्लाइमेक्स पनि उत्तिकै रोचक छ । निर्देशक श्रेष्ठले फिल्मको सिक्वेलका लागि कथालाई रोमाञ्चक शैलीमा बिट मार्ने प्रयास गरेका छन् । ‘मायाको भाग- २ केही महिनापछि प्रदर्शन हुनेछ, निर्देशक श्रेष्ठ भन्छन्–‘सिक्वेलमा दर्शकले अझै रोमाञ्चक अनी कथावस्तु सन्सनी र एक्सनले भरिपूर्ण तथा यो भन्दा राम्रो प्रस्तुती पाउनु हुनेछ अनी माया के हो मात्र नभै माया को हो भनेर पनि खुलासा हुनेछ ।’
अष्ट्रेलियाकै यस पिपुल स्टडीले मुख्य प्रायोजन गरेको यो फिल्मको अन्त्यमा गायक तथा अभिनेता यस कुमारले आकर्षक शैलीमा मायालाई परिभाषित गरेको सम्वाद समावेश गरिएको छ ।
निर्देशक श्रेष्ठले डेब्यु निर्देशन गरेको उदेश श्रेष्ठ र गिरिश खतिवोडाको हुन्छ माया को बोल को गीत ९ लाख भन्दा बढिलेले हेरेका छन्, जुन उदेश श्रेष्ठ र गिरिश खतिवोडाकै सर्वाधिक हेरिएको भिडियो हो ।
यस्तो छ मायाको भिडियो :

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...