सगुनका संस्थापकहरु सिड्नीमा 

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
सामजिक संजाल प्रयोगकर्ता बीच बिल्कुल नयाँ र प्रयोगकर्ता मैत्री सोच लिएर केहि समय अगाडी स्थापना भइ एक चरणको शेयरको लागि लगानी आह्वान गरि सकेको सगुनले आफ्ना लगानीकर्ता, साझेदारी र सम्भावित लगानीकर्ता र उत्साहित प्रयोगकर्ता माझ सिड्नीमा एक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सगुनका संन्स्थापक अध्यक्ष गोविन्द गिरि, सह-संस्थापक कविन सिटौला, विश्व संयोजक परषु तिमिल्सिनाको बिशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रममा संस्थापकहरुले  सगुनका उद्देश्य, नीति तथा कार्यक्र्महरु उपस्थित समुदाय बीच प्रस्तुत गरेका थिए ।  उपस्थित सगुनका संस्थापक एबं परिकल्पनाकारहरुले कार्यपत्रहरु प्रस्तुत गर्दै सगुन अबका केहि बर्षमा फेसबुक र गुगल जस्ता समाजीक संजाल हरु भन्दा अगाडी पुग्ने नजिर पनि प्रस्तुत गरे।
आफ्ना प्रयोगकर्ताहरु लाई समेत लाभांस दिने नयाँ सोच सहित स्थापति सगुनले पहलो चरणको शेयर बिक्रि बाट ६१ देशका करिब ३५०० लगानीकर्ताहरु संग जोडिसकेको छ। स्टार्ट अप कम्पनिमा लगानी गर्दा यसले भबिष्यमा दिने फाइदाका बारेमा पनि उक्त अवसरमा जानकारी दिदै स्टार्ट अप कम्पनिमा लगानी गर्ने अबसरको उपयोग गर्न समेत सबैमा अनुरोध गरिएको थियो।