पुन: मतदान गर्ने निर्णयविरुद्ध रिट

काठमाडौं– भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । भरतपुर–१९ का एमालेबाट सदस्यका उमेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आज आइतबार रिट दर्ता गराएका हुन् ।
रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन माग गरिएको छ । रिटमाथि सुनुवाईका लागि भोलि सोमबारका लागि पेशी तोकिएको छ ।
यसअघि निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो । आयोगद्वारा जारी विज्ञप्तिमा महानगरपालिकाको वडा नं। १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्ने र मतदान रद्द गरिएका केन्द्रमा पुनः मतदान गराउने उल्लेख गरिएको थियो ।
भरतपुर महानगरपालिका वडा नं। १९ को मतगणना भइरहेकाबेला १४ जेठ राति विवाद हुँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि त्यहाँको मतगणना स्थगित भएको थियो ।
यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा पुनः मतदान गर्ने निर्णय आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...