अष्ट्रेलियामा नेपाली चेलीलाई एेतिहासिक सफलता

अष्ट्रेलियाको नेपाली समुदायकबाट बिबिध क्षेत्रमा गरेका उन्नति र प्रगतिका कथाहरु माझ एउटा छुट्टै विधामा सफलताको इतिहास रचेकी छन् प्रकृति श्रेष्ठले । अस्ट्रेलियामा नेपालीहरुले व्यापारमा, विभिन्न पेसागत क्षेत्रमा, सामाजिक कार्यदेखि स्थानिय राजनीतिकमा सक्रिय भूमिका निभाईरहेका छन् र नेपाली समुदायका महिलाहरुले डाक्टर, नर्सिङ्ग, आइटि लगयतका पेशाहरुमा सफलता पाईरहेका छन् । तर हालै आएर एउटा नेपाली चेलीले एकदमै फरक विधामा अष्ट्रेलियामा पहिलो पटक सफलता हासिल गरेकि छिन् ।

१३ मार्च २०१६ मा अष्ट्रेलियाको INBA Melboune ले आयोजना गरेको बिश्व स्तरको Rising Star and Rookie of the year championship फिजिकल फिटनेस प्रतियोगितामा सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय तहक़ा प्रतियोगीहरुलाई पछि पार्दै नेपाली मूलकी चेली प्रकृति श्रेष्ठ दुर्इ स्वर्ण र एक रजत पदक जितेर यस विधामा माथिल्लो स्तरको पुरुस्कार जित्ने सम्भवत पहिलो नेपाली चेली हुन पुगेकी छिन् ।
हाल अष्ट्रेलियाको सिड्नीमा बसोबास गरिराखेकी प्रकृति श्रेष्ठ सन् 1996 मा बिध्यार्थीको रुपमा अष्ट्रेलिया आएकी थिईन । ब्याचलर तहको अध्यन पश्चात उनि अष्ट्रेलिया कै Optus Telecommunication कम्पनीमा बिगत १२ बर्षदेखि टेक्निकल म्यानेजरको रुपमा कार्यरत छन् । सानै उमेरदेखि तृष्ण प्रतिभाक़ा धनी प्रकृति संधै नया कुरा गर्ने तिर सोच राख्थिन । त्यसै सिलसिलामा बिशेष गरि नपाली मूलक़ा महिलाहरुको सहभागिता कम देखेर उनलाई झन् केहि गर्न पेरणा जाग्यो, पहिलो नेपाली मूलक़ा पुरुष तर्फक़ा बिजेता सन्तोष श्रेष्ठको सल्लाहामा र सुझाब ग्रहण गर्दै उनले यस प्रतियोगितामा भाग लिएकाे बताउँछिन् ।

त्यस पछि कडा मेहनत र अथक प्रयास पछि पहिलो पटकमा नै दुर्इ दुर्इ वटा स्वर्ण र एक रजत पदक जित्न सकेकोमा उनि निकै हर्षित छिन् । आत्मबिश्वासका साथ आँट गरे र कडा मिहेनत गरे जे पनि गर्न सकिने बताउछिन प्रकृति श्रेष्ठ । अब फिजिकल फिटनेस क्षेत्रमा नै चेन क्लबहरु खोलेर ब्यवसाय गर्ने र त्यसको लागि तयारीमा रहेको प्रकृतिले द नेपाली टाईम्स संगको कुराकानीमा बतईंन।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...