स्थानीय तह निर्वाचन विधेयक बहुमतले पारित

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– व्यवस्थापिका–संसद्को बिहिबारको बैठकले ‘स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४’ बहुमतले पारित गरेको छ ।
बैठकमा गृहमन्त्री जनार्दन शर्माले ‘स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४’ माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
गृहमन्त्री शर्माले संविधानको स्वीकार्यता बढाउन संशोधन प्रस्ताव अघि बढाइएको र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबै दललाई सहभागिता बनाउने उद्देश्य राखेर कानुनी जटिलता फुकाउने प्रयत्न गरिएको बताए ।
मन्त्री शर्माले संशोधनपछि मधेस केन्द्रित दल पनि निर्वाचनमा आउने र मधेसमा रहेको असन्तुष्टि पनि सम्बोधन हुने विश्वास व्यक्त गरे । संसद्को अर्को बैठक अहिले बिहान ११ बजेदेखि बस्नेछ ।