राष्ट्रपति आज जेनेभा जाने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाने हुनु भएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको निमन्त्रणामा जेनेभामा भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ मा भाग लिन राष्ट्रपति त्यसतर्फ जान लाग्नु भएको हो ।
राष्ट्रपति भण्डारीले सम्मेलनलाई यही बिहिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल सन् १९६६ मा सङ्गठनको सदस्य बनेको हो । नेपालका राष्ट्रप्रमुखलाई सम्मेलनमा सम्बोधन गर्न आमन्त्रण गरेको यो पहिलो पटक हो । श्रम सङ्गठनका महानिर्देशक गाय राइडर र राष्ट्रपति भण्डारीको आउने बिहिार नै शिष्टाचार भेटघाट हुनेछ । राइडरले भण्डारीको सम्मानमा दिवाभोजको आयोजनासमेत गर्नेछन् । राष्ट्रपति भण्डारी अर्को सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...