कोपेनहेगनको ‘नेपाल एक्स्पो’ मा दीपक बज्राचार्यको प्रस्तुती

काठमाडौं– डेनमार्कको कोपेनहेगनमा आयोजना हुने नेपाल एक्स्पो-२०१७ मा सहभागिता जनाउन गायक दीपक बज्रचार्य तथा उनको ब्याण्ड बुधवार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल एक्स्पो जुन १६ देखि शुक्रवारदेखि जुन १८ आईतबारसम्म सञ्चालन हुँदैछ ।
एक्स्पोमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न दीपकसहित नौ जना कलाकारको समुह त्यसतर्फ प्रस्थान गरेको हो । त्यसक्रममा गायक बज्राचार्य तथा उनको रिदम ब्याण्डले लाइभ कन्सर्ट दिनेछ । बज्राचार्यको ब्याण्डमा इथ्निक अर्केष्ट्रासमेत सहभागि छन् । कलाकारहरुको समुहले जुन २३ देखि जुन २७
सम्म कोपेन्हेगनमा सम्पन्न हुने एसियन एक्सपोमा समेत आफ्नो प्रस्तुती दिनेछ ।
नेपाल हाउससंगको सम्झौतामा गायक बज्राचार्य तथा उनको ब्याण्ड डेनमार्क गएको हो । गायक बज्राचार्यका अनुसार नेपाल हाउसले उनलाई तीन वर्षका लागि सद्भाव दूत समेत नियुक्त गरेको छ ।
डेनमार्कको एक्स्पोमा गायक बज्राचार्यकी गायिका छोरी चेरिसा बज्राचार्यले पनि विशेष प्रस्तुती दिनेछिन् । चेरिसा काठमाडौं ज्याज कन्जर्भेटरीकी सदस्यका साथै नेपाल एक्स्पोकी ब्राण्ड एम्बेसडर पनि हुन् । ड्रमरको रुपमा समेत सक्रिय चेसिरा क्रिम अफ रिदममा पनि आवद्ध छिन् । कन्सर्टमा चेरिसाले आफ्ना लोकप्रिय अंग्रेजी गीतहरु प्रस्तुत गर्दैछिन् ।
यो समुह ३ जुलाइमा स्वदेश फर्किनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...