कोपेनहेगनको ‘नेपाल एक्स्पो’ मा दीपक बज्राचार्यको प्रस्तुती

काठमाडौं– डेनमार्कको कोपेनहेगनमा आयोजना हुने नेपाल एक्स्पो-२०१७ मा सहभागिता जनाउन गायक दीपक बज्रचार्य तथा उनको ब्याण्ड बुधवार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल एक्स्पो जुन १६ देखि शुक्रवारदेखि जुन १८ आईतबारसम्म सञ्चालन हुँदैछ ।
एक्स्पोमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न दीपकसहित नौ जना कलाकारको समुह त्यसतर्फ प्रस्थान गरेको हो । त्यसक्रममा गायक बज्राचार्य तथा उनको रिदम ब्याण्डले लाइभ कन्सर्ट दिनेछ । बज्राचार्यको ब्याण्डमा इथ्निक अर्केष्ट्रासमेत सहभागि छन् । कलाकारहरुको समुहले जुन २३ देखि जुन २७
सम्म कोपेन्हेगनमा सम्पन्न हुने एसियन एक्सपोमा समेत आफ्नो प्रस्तुती दिनेछ ।
नेपाल हाउससंगको सम्झौतामा गायक बज्राचार्य तथा उनको ब्याण्ड डेनमार्क गएको हो । गायक बज्राचार्यका अनुसार नेपाल हाउसले उनलाई तीन वर्षका लागि सद्भाव दूत समेत नियुक्त गरेको छ ।
डेनमार्कको एक्स्पोमा गायक बज्राचार्यकी गायिका छोरी चेरिसा बज्राचार्यले पनि विशेष प्रस्तुती दिनेछिन् । चेरिसा काठमाडौं ज्याज कन्जर्भेटरीकी सदस्यका साथै नेपाल एक्स्पोकी ब्राण्ड एम्बेसडर पनि हुन् । ड्रमरको रुपमा समेत सक्रिय चेसिरा क्रिम अफ रिदममा पनि आवद्ध छिन् । कन्सर्टमा चेरिसाले आफ्ना लोकप्रिय अंग्रेजी गीतहरु प्रस्तुत गर्दैछिन् ।
यो समुह ३ जुलाइमा स्वदेश फर्किनेछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...