फेरी सर्‍यो निर्वाचन

२ नम्बर प्रदेशमा असोज २ गते हुने
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– राजपालाई निर्वाचन विशेषाधिकार र २ नम्बर प्रदेशलाई बेग्लै मापदण्ड प्रदान गर्नेगरी सरकारले २ नम्बर प्रदेशमा स्थानीय चुनाव नगर्ने निर्णय गरेको छ । १४ असारका लागि चौथो पटक तोकिएको मितिमा प्रदेश २ मा निर्वाचन नगर्ने भएको हो ।
निर्वाचन आयोगले अब चुनाव सार्न नसकिने बताइरहेका बेला कांग्रेस–माओवादी गठबन्धनले चुनाव सार्ने निर्णय गरेको हो । सत्ता समर्थक दल राजपाका नेताहरुसँग कांग्रेस(माओवादीका नेताहरुको बैठकले प्रदेश नम्बर २ मा तेस्रो चरणमा चुनाव गर्ने सहमति गरेका हुन् । अब मन्त्रिपरिषदको बैठकले असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा मात्रै चुनाव गर्ने निर्णय गर्नेछ । प्रदेश नम्बर २ मा भने असोज २ गते चुनाव गर्ने निर्णय उनीहरुले गरेका छन् ।