एसईईको नतिजा सार्वजनिक

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ ।
गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको १० कक्षाको अन्तिम परीक्षा एसईई परीक्षामा नियमित तर्फ कुल ४४,२१३६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । नियमित तर्फ ४ लाख ४५ हजार ५६४ विद्यार्थी सहभागी भएकोमा १२ हजार २८४ जनाले (ए प्लस) ग्रेड ल्याएका छन् भने ४२ हजार ४२७ ले (ए) ग्रेड ल्याएका छन् । त्यस्तै बी प्लस ग्रेड ल्याउने ५० हजार ६१६ छन भने ६१ हजार ९५५ ले बी ग्रेड ल्याएका छन् । ९१ हजार ३१४ ले सी प्लस तथा १ लाख ८ हजार ४६४ जनाले सी ग्रेड ल्याएका छन् ।
यसवर्षदेखि एसईईको नाममा नतिजा सार्वजनिक भएको हो । अघिल्लो वर्ष पनि ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक भएको थियो ।