निर्वाचन आयोगको यस्तो आग्रह

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– निर्वाचन आयोगले चुनावी अभियानका क्रममा संयमता अपनाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । निर्वाचन आयोगको बैठकले निर्वाचनको प्रचार प्रसारलगायतका निर्वाचन कार्यक्रममा संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको हो ।
शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र नागरिक समाजसँग आयोगले आग्रह गरेको छ ।
दुई दिनअघि उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुरा जिल्लाको छेडेदह गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीचको झडपमा भएको हंसबहादुर राउतको निधनप्रति आयोगले दुःख व्यक्त गरेको छ ।
त्यस्तै आयोगले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग समेत गरेको छ ।