एक्लो महानगरमा यस्तो तालमेल

काठमाडौं– दोस्रो चरणको निर्वाचनका लागि विराटनगर एक मात्र महानगरपालिका हो । नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विराटनगरले एक सातापछि हुन लागेको स्थानिय तहको निर्वाचनमा पनि देशकै ध्यान आकर्षित गरेको छ । पहिलो चरणमा देखिएको प्रमुख राजनैतिक दलहरुको चुनावी तालमेलले दोस्रो चरणमा पनि निरन्तरता पाउने भएको छ । त्यसमा पनि विराटनगरको चुनावी तालमेललाई भने रोचक रुपमा हेरिएको छ ।
राजनीतिक दलहरुको तालमेलका कारण विराटनगर महानगरपालिकाको चुनावी प्रतिष्पर्धा रोचक भएको छ । विराटनगरमा नेकपा एमाले तथा लोकतान्त्रिक फोरम नेपालबीच चुनावी तालमेल भएको छ भने संघीय समाजवादी फोरम नेपाल तथा नेकपा माओवादी केन्द्रबीच पनि चुनावी तालमेल भएको छ । नेपाली कांग्रेस भने एक्लै चुनावी प्रतिष्पर्धामा छ ।
तालमेल अनुसार एमालेले लोकतान्त्रिक फोरम नेपालका उपमेयर उम्मेदवारलाई तथा फोरमले मेयरमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । त्यस्तै माओवादी केन्द्रले मेयरमा सङ्घीय समाजवादी फोरमका उम्मेदवार उमेश यादवलाई र फोरमले माओवादी केन्द्रका उम्मेदवार नमिता न्यौपानेलाई सघाउने सहमति भएको छ । संविधानसभा निर्वाचनको परिणाम अनुसार विराटनगरमा एमाले चौथो शक्ति हो ।
विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली, एमालेका विनोद ढकाल, सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादव र राप्रपाका प्रलाहद साह चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
विराटनगरमा एक लाख १४ हजार मतदाता रहेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...