एक्लो महानगरमा यस्तो तालमेल

काठमाडौं– दोस्रो चरणको निर्वाचनका लागि विराटनगर एक मात्र महानगरपालिका हो । नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विराटनगरले एक सातापछि हुन लागेको स्थानिय तहको निर्वाचनमा पनि देशकै ध्यान आकर्षित गरेको छ । पहिलो चरणमा देखिएको प्रमुख राजनैतिक दलहरुको चुनावी तालमेलले दोस्रो चरणमा पनि निरन्तरता पाउने भएको छ । त्यसमा पनि विराटनगरको चुनावी तालमेललाई भने रोचक रुपमा हेरिएको छ ।
राजनीतिक दलहरुको तालमेलका कारण विराटनगर महानगरपालिकाको चुनावी प्रतिष्पर्धा रोचक भएको छ । विराटनगरमा नेकपा एमाले तथा लोकतान्त्रिक फोरम नेपालबीच चुनावी तालमेल भएको छ भने संघीय समाजवादी फोरम नेपाल तथा नेकपा माओवादी केन्द्रबीच पनि चुनावी तालमेल भएको छ । नेपाली कांग्रेस भने एक्लै चुनावी प्रतिष्पर्धामा छ ।
तालमेल अनुसार एमालेले लोकतान्त्रिक फोरम नेपालका उपमेयर उम्मेदवारलाई तथा फोरमले मेयरमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । त्यस्तै माओवादी केन्द्रले मेयरमा सङ्घीय समाजवादी फोरमका उम्मेदवार उमेश यादवलाई र फोरमले माओवादी केन्द्रका उम्मेदवार नमिता न्यौपानेलाई सघाउने सहमति भएको छ । संविधानसभा निर्वाचनको परिणाम अनुसार विराटनगरमा एमाले चौथो शक्ति हो ।
विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली, एमालेका विनोद ढकाल, सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादव र राप्रपाका प्रलाहद साह चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
विराटनगरमा एक लाख १४ हजार मतदाता रहेका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...