मेलम्चि फ्रि वाइफाइ हुने पहिलो शहर

काठमडौं– सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची नगरपालिकामा फ्री वाइफाई तथा नगरबस सञ्चालन भएको छ ।
मेलम्ची क्षेत्रमा सञ्चालन हुने मुख्य दुईवटा यातायात समिति आमा ह्याल्मो र हेलम्बु यातायात समितिसँग समन्वय गरेर गत बुधवारदेखि चारवटा बस सञ्चालन गरिएको हो । मेलम्ची बजारमा रहेको आमा ह्याल्मो बसपार्कलाई मुख्य केन्द्र बनाएर नगरपालिकाको शिखरपुर, तिपेनी, भोटेचौर र तालामाराङसम्म नगरबस जाने मेलम्ची नगरपालिकाका कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
यसैगरी, मेलम्ची नगरपालिकाभित्र निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत ६ स्थानमा फ्री वाइफाई जडान गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल ९क्यान०सँगको समन्वयमा वाइफाई जडान गरिएको हो । मानिसको भीडभाड हुने चोक, अस्पताल, बैंक, सरकारी तथा गैरसरकारी संस्था लगायतका स्थानमा वाइफाई जडान गरिएको हो । क्यान महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष प्रभात श्रेष्ठले नगरमा एक एमबिका ३० वटा राउटर र आवश्यक डिभाइस जडान गरिएको बताए ।
स्थानीय तहको निर्वाचन अघिकोे मुख्य नारा रहेको ‘फ्री वाइफाई’लाई अहिले नवनिर्वाचित जनप्रतिनिधिले नमुना कामको शुरुआत गरेको मेलम्ची नगरपालिकाका स्थानीयवासी रामहरि दुलालले बताएका छन् ।
नगरपालिका भित्रका स्थानीयवासीलाई सुविधा दिने उद्देश्यले बिहान १० बजेभित्र चारवटै केन्द्रबाट मेलम्ची बसपार्क आइपुग्ने गरी नगरबस सञ्चालनमा ल्याएकाले सर्वसाधारणलाई निकै ठूलो सेवा पुग्ने नगरवासी बताउँछन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...