दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रारम्भ

काठमाडौं– दोस्रो चरणको स्थानीय तहको निर्वाच्न भरखरै प्रारम्भ भएको छ । प्रदेश नं १, ५ र ७ को विभिन्न मतदान केन्द्रमा नेपाली समय अनुसार अहिले बिहान सात बजेदेखि मतदान प्रारम्भ भएको हो ।
विभिन्न मतदान केन्द्रमा मतदाताको उल्लेख्य सहभागिता रहेको बताइन्छ । कतिपय मतदान केन्द्रमा पानी परिरहेकोले मतदान अधिकृत जान सकेका छैनन् भने कतिपय ठाउँमा त्रिपाल टाँगेर मतदानको लागि ठाउँ बनाइएको छ ।
आज प्रदेश नं १, ५ र ७ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन भैरहेको हो । यो निर्वाचनका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान गर्नको लागि आठ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य चयन हुनेछन् ।
निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।
निर्वाचन आयोगले सम्पूर्ण तयारी र सुरक्षाको प्रबन्ध गरिएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ मा निर्वाचन भएको थियो भने प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा आगामी असोज २ गतेका लागि तोकिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...