मुग्लिन–नारायणगढ सडक राति बन्द हुने

काठमाडौं— व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले मुग्लिन–नारायणगढ सडक खण्डमा राति गाडी चलाउन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएको छ । सडक खण्डको स्थलगत अध्ययनपछि आज मंगलबार समितिले यस्तो निर्देशन दिएको हो ।
पहिरो गैरहेका र अझ जाने सम्भावना रहेको भन्दै मुग्लिन—नारायणगढबीचको करिब ७ किलोमिटर सडक खण्डमा वर्षाको डेढ÷दुई महिना सुरक्षाको दृष्टिले राति गाडी गुड्न दिन नहुने समितिको ठहर छ ।
समितिका सभापति रविन्द्र अधिकारीको नेतृत्वमा भएको स्थलगत अध्ययनपछि जिल्ला प्रशासन कार्यालय र सम्बद्ध आयोजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय र गृह मन्त्रालय मार्फत समितिले निर्देशन दिएको हो ।
पहिरो जाने जोखिम क्षेत्रमा सडकको साईडमा अवस्थित घर, टहरा, बस्तिलाई स्थायी रुपमै बस्ती स्थानान्तरण गर्न यथाशिघ्र आवश्यक कार्य अगाडि बढाउन पनि समितिले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...