सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा सुवेदी

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– सरकारले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र सचिवलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।
यसैगरी ले नेपाल सरकार र चीन सरकार बीच ‘फिल्ड अफ रजिष्ट्रेशन एण्ड मार्केट इन्टिटिज’ विषयक समझदारीपत्रमा हस्ताक्षरका लागि उद्योग सचिवलाई अख्तियारी प्रदान गर्ने पनि सरकारले निर्णय गरेको छ ।