मतगणना कार्य अन्तिम चरणमा

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– दुई साताअघि सम्पन्न दोस्रो चरणको निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ तथा ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३२५ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ ।
यतिबेला ५ जिल्लाका ९ स्थानीय तहको मतगणना कार्य जारी छ । हालसम्म २९ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य जारी रहेका १ नम्बर प्रदेशको झापा जिल्लाको दमक, मेचीनगर र अर्जुनधारा नगरपालिका र मोरङ जिल्लाको विराटनगर महानगरपालिका तथा धनपाल गाउँपालिकाको मतगणना जारी छ ।
त्यस्तै, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका मतगणना जारी छ । प्रदेश नम्बर ७ को कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र पुनरबास नगरपालिका तथा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मतगणना कार्य जारीे छ ।
गणना सम्पन्न भइसकेका स्थानीय तहमध्ये नेकपा एमालेले १४५, नेपाली कांग्रेस ११८, नेकपा माओवादी केन्द्र ३८, संघीय समाजवादी फोरम ९, नेपाल लोकतान्त्रिक फोरमले ६, राष्ट्रिय प्रजातन्त्र पार्टी ४ र अन्य ५ स्थानीय तहमा विजयी भएका छन् ।