हृदयको झमक झमकमा भीमफेदी गाइज र माला

भिडियो सहित
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
अस्ट्रेलिया निबासी युवा गायक हृदय दाहालको स्वरको निक्कै फरक शैलीको गीत ‘झमक झमक’ हालै सार्बजनिक भएको छ । म्युजिक भिडियो सहित सार्बजनिक भएको उक्त गीतमा आहिले चर्चित नृत्य ब्याण्ड भीमफेदी गाइज र सुन्दर नायिका माला लिम्बुको शसक्त नृत्य र अभिनय रहेको छ । राजेन्द्र बजगाईको शब्द र संगित रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

सार्बजनिक भएको केहि दिन मै आफुले पाएको प्रतिकृया र युट्युबको दर्शक संख्याले आफु निक्कै उत्साहित भएको गायक हृदय दाहालले नेपाली टाईम्स संगको कुराकानीमा बताए । श्रोताहरुको प्रतिकृया र सुझाबलाई मध्येनजर राख्दै आफुलाई अझ निखार्दै भविष्य गित संगितमा निरन्तर लागि रहने पनि उनले प्रतिबद्दता व्यक्त गरे ।