श्रावण नलाग्दै अस्ट्रेलियामा तीजको गीतको रमझम

भिडियो सहित  
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
श्रावण नलाग्दै सिड्नीमा तीजको गीतको रमझम सुरु भई सकेको छ ।  सिड्नी मै पहिलो पटक छायांकन भएको मार्मिक तीज गीत ” पढ्छु भनि सपना आएँ बरिलै ~~ विदेश आइ मै छोरीले सारै नै दुख पाए ” हालै छायांकन समाप्त भइ युट्युब मार्फत सार्बजनिक भई सकेको छ । नारीहरु को बिशेष चाड तीजलाई लक्षित गर्दै गीतकार अनिता सुबेदीले परदेशी नारीहरुले बिदेशी भूमिमा भोंग्नु परेको पिडालाइ समेटेकी छिन । चर्चित गायिका मन्जु पौडेलको स्वर तथा अर्का उत्कृष्ट गाएक खुमन अधिकारीको लय रहेको उक्त गीत विजय थापाद्वारा छायांकन गरिएको हो । मोडलद्वय कुन्ती लिम्बु र पबित्रको बेजोड प्रस्तुति रहेको यस गीतमा अध्यानको क्रममा विदेशिने महिला दिदी\बहिनिहरु को भावनामा ओतप्रोत भएको छ ।
गीतकार अनिता सुबेदीले आफ्नो रचनाको यस गीत मार्फत  अस्ट्रेलिया, जापान, न्युजील्याण्ड, अमेरिका र युरोप लागयतका देश पढ्न गएका नेपाली बिद्यार्थीहरुको मर्मलाई प्रतिनिधित्व गरेको बताईन। पोहोर र अहिले  पनि तीजमा स्वदेश जान नपाएको र अर्को साल मिलेमा आफ्नै देशमा तीज मनाउन आउने संदेश आमालाई धेरै चेलीहरुले गीत मार्फत पठाएका छन् ।
गीत हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस: