नेपाली आकाश सुरक्षित

काठमाडौं— नेपाल अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाललाई गम्भीर सुरक्षा चासो एसएससीको सूचीबाट हटाएको छ । आइकाओले सन् २०१३ देखि नेपालमाथि लगाएको एसएससीलाई हालसम्म गरेको प्रगतिको मूल्यांकनका आधारमा उक्त सूचीबाट हटाएको हो । आइकाओको गम्भीर सुरक्षा चासो सम्परीक्षण समितिको हालै बसेको बैठकले नेपाललाई सुरक्षा सूचीबाट हटाइएको औपचारिक रुपमा जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ ।
आइकाओको दुई सदस्यीय सम्परीक्षण टोलीले नेपाल आएर गत जुलाई ५ देखि २७ सम्म हवाई कानून, नागरिक उड्डयनको संगठन, वायुयान सञ्चालन र उडान योग्यताको सम्परीक्षण गरेको थियो । सम्परीक्षणकै क्रममा टोलीले क्यानको सुरक्षा सुपरीवेक्षणको प्रभावकारिता सम्बन्धमा बुझ्न दुई अन्तरराष्ट्रिय वायुसेवा कम्पनी– नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको समेत निरीक्षण भ्रमण गरेको थियो । उक्त सम्परीक्षणपछि नेपालको अन्तरराष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिसको परिपालना दर आइकाओले निर्धारण गरेको औसत ६० प्रतिशतभन्दा बढी ६६.०८ प्रतिशत कायम भएको छ ।
आइकाओको आठ सम्परीक्षण क्षेत्रमध्ये चार वटामा नेपालले प्रगति गरेकाले सुरक्षा सूचीबाट हटेको क्यानका महानिर्देशक सञ्जीव गौतमले बताए ।
आइकाओको सुरक्षा सूचीबाट हटे पनि नेपाल अझै युरोपेली संघ इयुको कालोसूचीबाट भने हटिनसकेकाले यसका लागि तत्कालै पहल गरिने उनले बताए ।
आइकाओको सम्परीक्षण प्रतिवेदनअनुसार एक दुई दिनभित्रै इयुलाई पत्राचार गरिने महानिर्देशक गौतमको भनाइ छ । नेपाल आइकाओको गम्भीर सुरक्षा सूचीमा परेलगत्तै इयुले पनि नेपाललाई उडान सुरक्षामा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । आइकाओले विश्वव्यापी उडान सुरक्षा सुपरीवेक्षणअन्तर्गत आफ्ना सदस्य राष्ट्रको उडान सुरक्षा स्थितिको नियमित रुपमा मूल्यांकन गर्छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...