महिला हिंसा सम्बन्धि फोटो प्रदर्शनि सम्पन्न

अन्तराष्ट्रिय महिला दिबसको अवसरमा युनाइटेड नेपलिज आर्टस एण्ड इन्टरटेन्टमेन्टले अल्प इन्टरटेन्टमेन्टको सहकार्यमा महिला हिंसा सम्बन्धि फोटो प्रदर्शनि सम्पन्न गरेको छ । गत मार्च ५ तारिखका दिन सिड्नी ग्रान्भिलमा रहेको हिमालय पाकिस्तानी रेस्टुरेन्टमा साझ ५ बजेदेखी सुरु भएको सो कार्यक्रम करिब ५ घन्टासम्म चलेको थियो ।

न्युयोर्क फिल्म एकेडेमिमा कार्यरत सबिन ज्ञवालिले ति फोटोहरु खिच्ने र डिजाइन गर्ने काम गरेका थिए । नेपालि समुदायमै पहिलोपटक गरिएको उक्त फोटो प्रदर्शनि निकै जानकारीमुलक र लाभदायक भएको उपस्थित दर्शकले बताए । जन्मभुमिप्रति सामाजिक सेवा र दायित्व अनि कर्मभुमिमा घरेलु हिंसाका घटनालाई कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक मध्येका अजय राजबंशिले बताए ।
हाम्रो समाजमा घरेलु हिंसाका थुप्रै कथाहरु रहेका र ति पिल्सिएर गुन्जिन नसकेका आवाजहरुलाई बिभिन्न फोटोहरु मार्फत उजागर गर्ने उद्देश्यले यो फोटो प्रदर्शनि गरिएको र सिड्निमा रहेको नेपालि समाजलाइ घरेलु हिंसाबारे सचेतना जगाउनको लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको युएनएइकी भोमा लिम्बुले बताईन ।

कार्यक्रममा बरिष्ठ मुटु रोग बिसेशज्ञ डा कुमुद धिताललाई सम्मान गरिएको थियो । एनआरएनए अधक्ष्य सुरेन्द्र सिग्देल र अन्य एनआरएनए र नेपाली समुदायका बिबिध संघ संस्थाहरुका पदाधिकारि लगायत नेपाली दाजु भाई दिदी बैनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सोहि स्टेजमार्फत घरेलु हिंसाका बास्तबिक घटनाहरु अडियो मार्फत सुनाइएको थियो र यो पनि अष्ट्रेलियाको नेपालि समुदायमै पहिलोपटक थियो । साथै युएनएइका कलाकारहरुले आकर्षक नृत्य पर्स्तुत गरेका थिए । अल्प इन्टरटेन्टमेन्टका मनोज अधिकारिले बताएअनुसार कार्यक्रमको आय-ब्यय छिट्टै सार्बजनिक गरेर संकलित रकम नेपालको दैलेख जिल्लामा रहेका आङ खस्ने समस्याले पिडित महिलाहरुको उपचारमा सहयोग गरिने छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...