एकैपटक दुबै निर्वाचन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गर्नु भएको छ ।
सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले चुनावी खर्च कम गर्न र तोकिएकै समयमा चुनाव सम्पन्न गर्न दुबै चुनावको तयारी गर्न आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्रीले निर्वाचन सम्बन्धी दुई ऐन संसद्बाट पारित हुने चरणमा पुगेको र क्षेत्र निर्धारण आयोगले पनि तोकिएकै मितिमा प्रतिवेदन बुझाउने भन्दै निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नु भएको हो ।
निर्वाचन आयोगका पदाधिकारीहरूले भने दुबै चुनाव एकैपटक गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा राखेका छन् । समयअभावका कारण मतदाता शिक्षा, मेसिन खरिद लगायतमा भने समस्या पर्न सक्ने आयोगले जानकारी गराएको छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...