सार्कको स्थायी समिति बैठक प्रारम्भ

-- ?>

पोखरा— दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा बुधबार सार्क स्थायी समितिको बैठक प्रारम्भ भएको छ । आठ वटै सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित बैठकको अध्यक्षता नेपालका परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश वैरागीले गरेका छन् । बैठकमा सार्क क्षेत्रको युवा बेरोजगार समस्या समाधान गर्ने विषय सम्बन्धी प्रस्ताव ‘युथ चार्टड’ लगायतका विषयमा छलफल गरिने बताइन्छ । स्थायी समितिको ४२ औं बैठकमा भाग लिन सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिला मन्त्रालयका सचिव मंगलबार दिउँसो नै पोखरा पुगेका छन् ।