सुधार हुँदै मौसम

काठमाडौं– पाँच दिनदेखि सक्रिय मनसुन आज सोमबारदेखि कमजोर भएको मौसमविदहरुले दावी गरेको छन् । यससँगै मौसममा क्रमिक सुधार आएको छ ।
मनसुन कमजोर भएकाले बदली र वर्षात् कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकको पूर्वी भागको एक/दुई स्थान तथा पश्चिमका धेरै स्थानमा वर्षात् हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् । मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले तीनदिन देशभर भारी वर्षात् गराएको थियो ।
उक्त प्रणाली २९ साउनदेखि नै कमजोर बन्दै गएको छ । यद्यपि आज पनि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षात हुनेछ ।
अहिले देशको पूर्वी भेगमा सामान्य बदली छ भने पश्चिममा बदलीसँगै वर्षात् भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी भैरहवामा २२२ मिलिमिटर वर्षात् भएको छ भने सबैभन्दा कम काठमाडौँमा तीन मिलिमिटर वर्षात् भएको छ ।
धनकुटामा पाँच, ताप्लेजुङमा सात, सिमरामा ३०, पोखरामा नौ, दाङ र जुम्लामा १०/१०, नेपालगञ्जमा १४, वीरेन्द्रनगरमा ३९ र धनगढीमा १६ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २६ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...