सिड्नीमा गजल मुशायरा २०१७ को सरगर्मी 

सेप्टेम्बर ३ गजल पारखी र सर्जकहरुको लागि पुन अबस्मरणिय हुने 
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
बिगतका तिन गजल मुशायराको सफल शृंखला पश्चात यो साल पनि सिड्नीमा चर्चीत गजल कार्यक्रम  ‘गजल मुशायरा – २०१७’ को आयोजना हुदै छ  ।  सेप्टेम्बर ३ को लागि मिति तय भएको गजल मुशायरा – २०१७ का लागि सर्जकहरु को पनि टुंगो लागि सकेको आयोजकका तर्फ बाट जितेन्द्र मल्लले बताए । गजल मुशायरा परिवारद्वारा आयोजित यस कार्यक्रम  एसफिल्ड स्थित एसफिल्ड पोलिश क्लबमा दिनको १२.०० बाट हुन गइरहेको छ ।
गजलको एउटा सम्पूर्ण कार्यक्रम यस कार्यक्रममा १२ जना गजलकारहरुको गजल वाचन, चर्चीत गायक आशिष श्रेष्ठको गजल गायन तथा गजलमा नृत्य पनि प्रस्तुत गरिने छ । गजल वाचनमा यस पटक सिड्नीका गजलकारहरु लगायत सिड्नी बाहिर ब्रिसबेन, क्यन्बरा, अल्वेरी लगायतका शहरबाट समेत गजल वाचनका लागि गजलकारहरु सहभागी हुनुहुनेछ ।
मोति जयन्तिको अवसरमा २०१४ देखि सिड्नी साहित्य वृतले गजल मुशायरा आयोजना गर्दै आइरहेको छ । गजल मुशायरा सिड्नीमा गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम हो । कार्यक्रमउपस्थिति भइदिनु हुनको लागि आयोजकले सबैलाई हार्दिक अनुरोध गरेको छ । कार्यक्रममा सहयोग स्वरुप प्रवेश शुल्क १० डलर तोकिएको छ।  कार्यक्रम संबन्धि थप जानकारीका लागि जितेन्द्र मल्ल- ०४०२५२५९७७ लाई सम्पर्क गर्न सकिनेछ।